शैलेश गुप्ता १० कात्र्तिक पोखरिया पर्सा को पोखरिया नगरपालीका वडा नम्बर ४ को वडा कार्...
शैलेश गुप्ता १० कात्र्तिक पोखरिया
पर्सा को पोखरिया नगरपालीका वडा नम्बर ४ को वडा कार्यालय पोखरिया पर्साद्धारा लोकआस्थाको महापर्व छठको उपलक्ष्यमा छठ ब्रत गर्ने महिलाहरुलाई साडी वितरण गरिएको वडा नम्बर ४ को वडा अध्यक्ष लक्षमण साह कानुले जानकारी दिएका छन ।
वडा नम्बर ४ को वडा कार्यालयले आयोजना गरेको ब्रतालु कहिलाहरुलाई साडी वितरण समारोह वडा अध्यक्ष लक्षमण साह कानु को अध्यक्षतामा वितरण गरिएको हो । वडा अध्यक्ष कानुका अनुसार वडा कार्यालय आउन नसकेका महिलाहरुलाई हरेक एक घरमा एकको दरले वितरण गरिएको छ । साडी वितरण समारोहमा वडा अध्यक्ष ,वडा सदस्य वडाका कर्मचारी सहित सँचारकर्मी र वडा वासिहरुको सहभागीता रहेको थियो





COMMENTS