वीरगन्ज ,१ कात्तिक । नेकपा एमाले निकट युथ फोर्सको आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ । शनिबार बिहान रक्तत संचार केन्द्रमा ...
वीरगन्ज ,१ कात्तिक । नेकपा एमाले निकट युथ फोर्सको आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ ।
शनिबार बिहान रक्तत संचार केन्द्रमा आयोजित आकस्मिक रक्तदान कार्यक्रममा ३२ जना पुरूषले रक्तदान गरेका हुन् ।
रक्तदान गर्नेहरुमा सुनिल रौनियार ,रवि गुप्ता ,सरफरोज आलम , मुसर्रफ परवेज, जमिल अख्तर ,जुवेर अहमद ,उपेन्द्र साह ,सन्तोष पासवान सहितका रहेका थिए ।
युथ फोर्स पर्साका अध्यक्ष नसिम अख्तरका अनुसार रक्तदान केन्द्रमा रगतको अभाव भएपछि आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा नेकपा एमाले निकट रहेका युवा संघ नेपाल पर्सा अध्यक्ष सुबास साह रक्तसंचार केन्द्रका कर्मचारीहरु को सहभागिता रहेको थियो।
COMMENTS