सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

धनुषा, १ कात्तिकः मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले शुक्रबार राति जनकपुरधामको सोनारपट्टिस्थित सुनचाँदी पसलमा जिल्ला प्रहरी क...

धनुषा, १ कात्तिकः मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले शुक्रबार राति जनकपुरधामको सोनारपट्टिस्थित सुनचाँदी पसलमा जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मार्ने क्रममा भएको विवादसम्बन्धी घटनाको छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न निर्देशन दिनुभएको छ ।

उक्त घटनामा जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि भएको कुटपिटको घटनाप्रति चासो व्यक्त गर्दै उहाँले सुरक्षा निकायलाई सत्यतथ्य छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न निर्देशन दिनुभएको हो ।

आज अस्पताल पुगेर घाइते हुनुभएका अध्यक्ष भण्डारीसँग भेटेपछि मुख्यमन्त्री सोनलले प्रदेश प्रहरीप्रमुखलाई सम्पर्क गरी घटनाको विवरण लिनुका साथै सत्यतथ्य छानबिन गर्न र दोषीलाई कानुनी दायरामा ल्याई आवश्यक कारबाही गर्न निर्देशन दिनुभयो ।

शुक्रबार राति सुनचाँदी पसलमा कार्यालयको टोलीले छापा मार्ने क्रममा व्यापारीहरूसँग भएको विवादका क्रममा प्रहरी र सुनचाँदी व्यवसायीबीच झडप हुँदा अध्यक्ष भण्डारी घाइते हुनुभएको थियो ।

दीपावलीको समयमा राति अचानक छापा मारेर व्यवसायमा हस्तक्षेप गर्नु अन्यायपूर्ण भएको भन्दै प्रतिकार गर्ने क्रममा विवाद चर्किएको र स्थिति तनावपूर्ण बनेको स्थानीय सुनचाँदी व्यापारी पवन ठाकुरले जानकारी दिनुभयो ।

प्रहरीले आफूहरू सूचनाअनुसार अनुगमनमा गए पनि केही व्यवसायी आक्रामक बनेपछि स्थिति नियन्त्रण गर्नुपरेको जनाएको छ । अध्यक्ष भण्डारीको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । चिकित्सकहरूले उहाँको स्वास्थ्य अवस्था मध्यम रहेको जनाएका छन् ।

मुख्यमन्त्री सोनलले घटनालाई गम्भीर रूपमा लिएर छानबिन गर्न सुरक्षा निकायलाई आग्रह गर्दै व्यापारी तथा आमसमुदायलाई कानुनी संरक्षण र शान्ति, सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।  रासस

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content