वीरगंज, १ कात्तिक । वीरगंज समाज सेवाले नारायणी अस्पतालमा लगातार ६५ औं साप्ताहिक निशुल्क भोजन कार्यक्रम सम्पन्न गरिएको छ । शनिवार बिहान ९.३०...
वीरगंज, १ कात्तिक । वीरगंज समाज सेवाले नारायणी अस्पतालमा लगातार ६५ औं साप्ताहिक निशुल्क भोजन कार्यक्रम सम्पन्न गरिएको छ ।
शनिवार बिहान ९.३० बजे देखि नारायणी अस्पतालको प्राङ्गणमा भएको निशुल्क भोजन सेवा कार्यक्रममा अस्पतालमा उपचाररत बिपन्न बिरामीहरू, कुरूवाहरू, असहायहरूको साथै रिक्सा,ईरिक्सा चालकहरू, यात्री बटुवाहरूलाई घरमा बनाएको जस्तो सफा, शुद्ध र गुणस्तरीय पोषिलो भोजन खुवाइएको थियो ।
भोजन शिविरमा भात, दाल, आलु परवलको तरकारी र हरियो खुर्सानीको अचार वृद्ध, महिला, बच्चाहरूलाई बोलाएर थपी थपी खुवाइएको थियो ।
कार्यक्रममा समाजका पदाधिकारीहरूमा उपाध्यक्ष मनोज प्रसाद रौनियार, सचिव प्रकाश बाहेती, सदस्यहरू मदन प्रसाद गुप्ता, लालबाबु सिंह, निसान्त लाठ, राजेन्द्र भट्टराई, रियान्स सिंह राजपुत लगायतले सेवा प्रदान गरेका थिए ।

COMMENTS