शैलेश गुप्ता ५ कात्र्तिक पोखरिया
पर्सा को पोखरिया नगरपालीका वडा नम्बर ९ मा रहेको एक होटेलमा कुर्मी सशक्तिकरण मन्च पोखरिया नगर कमिटीको एक कार्यक्रमका विच छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चिया पान कार्यक्रम सम्पन्न भएको छ ।
कुर्मी सशक्तिकरण मन्च पोखरिया नगर कमिटीले आयोजना गरेको शुभकामना अदान प्रदान तथा चिया पान कार्यक्रम नगर कमीटी अध्यक्ष प्रमानन्द प्रसाद कुर्मीको अध्यक्ष्तामा सम्पन्न भएको कार्यक्रमा बोल्दै वक्ताहरुले समाजको उन्नतिप्रगतीको कामना गर्दै समाजालाई एक ढिका रहन अपील गरेका छन । खुलेका औला चलाउदा प्रभाव कम पार्ने र त्यही औलालार्ई समाई मुका प्रयोग गर्दा बढी प्रभाव पार्ने बताएका छन ।
कार्यक्रममा प्रमुख अतिथी सदान्नद प्रसाद कुर्मी ,मनोज प्रसाद कुर्मी ,विशेषवर प्रसाद कुर्मी ,पनालाल पटेल,मिताराम प्रसाद कुर्मी ,भगवान प्रसाद कुर्मी ,राजकिसोर प्रसाद कुर्मी ,बँका राउत कुर्मी ,ईन्द्रदेव प्रसाद कुर्मी ,देव राज भगत कुर्मी ,सुरेन्द्र प्रसाद कुर्मी लगाएतकाहरु उपस्थित थिए ।







COMMENTS