जनपुरधाम । मधेससहित सम्पूर्ण मिथिलाञ्चलमा आज मिथिलानी महिलाहरूले परम्परागत ‘गोधन कुट्ने पर्व’ धार्मिक आस्था र सांस्कृतिक उत्साहका साथ मनाइएका रहेछन् । बिहानैदेखि गाउँ–गाउँका चौबाटा र गल्ली–टोलमा महिलाहरूको भीड देखिएको छ । पोखरिया नगरपालीकाका स्थानीयहरुका अनुसार प्रत्येक वर्ष यिनै दिन महिलाहरू बिहानै उठेर गोबर र केराउको दाना ओखलमा कुट्दै गोधन कुट्ने पर्व मनाउँछिन । यस पर्वले पारिवारिक स्नेह, समृद्धि र कृषिप्रधान जीवनशैलीप्रति कृतज्ञता प्रकट गर्छ ।
अघिल्लो दिन राति मिथिला लगाएत मधेश प्रदेश हरेक घरमा गाई–भैँसीको गोठमा गोबरबाट गोधन अर्थात् माता लक्ष्मी र भगवान् विष्णुको प्रतीकात्मक प्रतिमा बनाउने परम्परा रहँदै आएको छ । राति गाईबस्तुले त्यस गोधनलाई कुल्चेपछि बाँकी रहेको भागलाई बिहान केराउको दाना मिसाएर कुट्ने चलन रहन्छ । यसैलाई ‘गोधन कुट्ने’ भनिन्छ । पर्वको अर्को रोचक पक्ष भनेको हाँसो–ठट्टा र माया–स्नेहको आदानप्रदान हो ।
महिलाहरू गोधन कुटेपछि दाजुभाइलाई केराउको दाना ९बजरी० खुवाउँछन् भने दाजुभाइले दिदीबहिनीलाई कोसेली वा दक्षिणा दिने परम्परा छ । यस क्रममा दिदीबहिनीहरूले रमाइलो पारामा “बजरी खैया भैया बजर होईहा, दहेज न दिहा दरिद्र होईहा” भन्ने लोककथन पनि दोहोर्याउने गर्छन्, जसको अर्थ – “केराउ खाएर बलियो बन, दान नदिए दरिद्र बन” भन्ने प्रतीकात्मक सन्देश दिनु हो । गोधन कुट्ने पर्व मिथिला सहित मधेश प्रदेश को सांस्कृतिक पहिचानका रूपमा स्थापित छ, जसले नारीको श्रम, आस्था र पारिवारिक सम्बन्धलाई अझ मजबुत बनाउँछ ।





COMMENTS