७०औं प्रहरी दिवस पर्सामा विविध कार्यक्रमका साथ सम्पन्न

वीरगंज ३१ असोज । ७०औं प्रहरी दिवस–२०८२ को अवसरमा "नागरिक प्रहरी सहकार्यः सुरक्षाको लागि अपरिहार्य" कार्यक्रम सम्पन्न भएको छ । नेप...

वीरगंज ३१ असोज । ७०औं प्रहरी दिवस–२०८२ को अवसरमा "नागरिक प्रहरी सहकार्यः सुरक्षाको लागि अपरिहार्य" कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रहरी प्रदेश कार्यालय तथा जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा अमर प्रहरी स्मारकमा आयोजना गरिएको कार्यक्रममा मुख्य अतिथि प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले प्रहरी र नागरिकबीचको सहकार्यले मात्र समाजमा स्थायी शान्ति हुने बताए । उनले सुरक्षाको वातावरण कायम गर्न प्रहरीको सम्मान गर्नुपर्ने बताए ।

कार्यक्रममा पूर्व प्रहरी कर्मचारी, अमर शहीद प्रहरीका परिवारजन, मातहत प्रहरी कार्यालयका सम्पूर्ण प्रहरी कर्मचारीहरूले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रममा अमर शहीद प्रहरी परिवारजनहरूलाई दोसल्ला ओढाई सम्मान पनि गरिएको थियो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठक, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोईराला, जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी किशोर लम्साल, जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख लोकराज भट्ट, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख निरोज चौलागाईं, सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतान, श्रवणबहादुर रायमाझी तथा विभिन्न संघ–संस्थाहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

समारोहको समाापन गर्दै जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्ष्Fक सुदिप राज पाठकले ७०औं प्रहरी दिवसले प्रहरी संगठनलाई थप जिम्मेवार बनाएको बताए । 

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content