$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

रक्सौल–नेपाल सीमामा बालिका उद्धार, दुईजना पक्राउ

वीरगंज, २३ फागुन । भारतबाट नेपाल लैजान लागिएको अवस्थामा मानव तस्करी नियन्त्रणका लागि खटिएको एसएसबी ४७औं वाहिनी र विभिन्न गैरसरकारी संस्थाको ...

वीरगंज, २३ फागुन । भारतबाट नेपाल लैजान लागिएको अवस्थामा मानव तस्करी नियन्त्रणका लागि खटिएको एसएसबी ४७औं वाहिनी र विभिन्न गैरसरकारी संस्थाको संयुक्त सतर्कताका कारण एक नाबालिग बालिकाको उद्धार गरिएको छ।
भारतको रक्सौलस्थित मैत्री पुल नजिकै दुईजना संदिग्ध व्यक्तिसहित बालिकालाई नियन्त्रणमा लिएको हो।

गोलु र सोनु बताउँदै बालिकालाई आफ्नी बहिनी भएको र नेपालमा आफन्तको घर जाँदै गरेको बताएपछि टोलीले उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान शुरू गरेको थियो ।

अनुसन्धानका क्रममा प्रयास जुवेनाइल एड सेन्टर, स्वच्छ रक्सौल संस्था तथा ग्राम नियोजन केन्द्रको सहयोगमा तीनै जनालाई अलग–अलग राखेर सोधपुछ तथा काउन्सिलिङ गरिएको थियो। त्यस क्रममा उद्धार गरिएकी नाबालिग बालिका 'रानी कुमारी' (नाम परिवर्तन) मोतिहारीको पताही थाना क्षेत्रकी रहेको खुलासा भएको छ।

जाँचका क्रममा आरोपीहरू मोहम्मद अरमान पर्सा जिल्ला वीरगंजका  र इकबाल अन्सारी (थाना शिकारपुर, नरकटियागंज, बिहार) रहेको पत्ता लागेको छ । अनुसन्धान अनुसार अरमानले 'गोलु' नाम प्रयोग गरी करिब चार महिनाअघि टिकटक मार्फत बालिकासँग मित्रता गाँसेका थिए। पछि इकबाल अन्सारीसँग मिलेर विवाहको झूटो आश्वासन दिँदै बालिकालाई प्रेम जालमा फसाएका थिए। आरोपीहरूले बहकाएर बालिकालाई घरबाट भाग्न लगाई मोतिहारी बस स्ट्यान्डमा बोलाएका थिए, जहाँबाट उनलाई भारतबाट नेपाल लैजाने योजना बनाइएको थियो। तर टोलीको सतर्कता र समयमै गरिएको कारबाहीका कारण बालिकालाई सुरक्षित रूपमा उद्धार गर्न सफल भएको जनाइएको छ। उद्धारपछि दुवै आरोपी र बालिकालाई थप कानुनी कारबाहीका लागि हरैया थानाको जिम्मा लगाइएको छ। घटनावारे मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उद्धार अभियानमा प्रभारी इन्स्पेक्टर विकास कुमार, सहायक उपनिरीक्षक खेमराज, हवलदार अरविन्द द्विवेदी, सिपाही साधना सिन्हा र अन्जु मोहन, प्रयास जुवेनाइल एड सेन्टरकी आरती कुमारी, राज गुप्ता, स्वच्छ रक्सौल संस्थाका रञ्जित सिंह, साबारा खातुन तथा ग्राम नियोजन केन्द्रका अरविन्द पाण्डे र रेखा देवीको पनि सहभागीता रहेको थियो । 

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content