$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

‘बाल विवाह मुक्त भारत’ अभियान

वीरगंज, २३ फागुन । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारतको पूर्वी चम्पारण जिल्लामा '१०० दिवसीय बाल विवाह मुक्त भारत' अभियान आयोजन...

वीरगंज, २३ फागुन । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारतको पूर्वी चम्पारण जिल्लामा '१०० दिवसीय बाल विवाह मुक्त भारत' अभियान आयोजना गरिएको छ ।
 
हरैया गाउँँमा काली सेना भाजपा महिला मोर्चाकी महामन्त्री पार्वती तिवारीको उपस्थितिमा तथा प्रयास जुवेनाइल एड सेन्टर पूर्वी चम्पारणकी जिल्ला परियोजना समन्वयक आरती कुमारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
बाल विवाह विरूद्ध जनचेतना फैलाउने उद्देश्यले सञ्चालन गरिएको 'बाल विवाह मुक्ति रथ'ले जिल्लाका विभिन्न गाउँ तथा शहरमा पुगेर अभियानलाई तीव्रता दिएको छ। ३० दिनसम्म सञ्चालन भएको यात्रामा रथले करिब २,४४५ किलोमिटर दूरी पार गर्दै २१५ गाउँँमा पुगेर करिब २ लाख ४५ हजार जनसंख्यालाई बाल विवाहविरूद्धको अभियानमा सहभागी गराएको आयोजकले जनाएको छ।

भारत सरकारको महिला तथा बाल विकास मन्त्रालयको पहलमा सञ्चालन गरिएको १०० दिवसीय गहन जागरूकता अभियान अन्तर्गत देशभरका ४३९ जिल्लामा 'बाल विवाह मुक्ति रथ' परिचालन गरिएको हो। पूर्वी चम्पारणमा सांसद डा. संजय जायसवाल, विधायक प्रमोद कुमार सिन्हा, रक्सौलका अनुमण्डल पदाधिकारी मनीष कुमार, अनुमण्डल प्रहरी पदाधिकारी मनीष आनन्द लगायतका अधिकारीहरूले रथलाई हरियो झण्डा देखाएर अभियान शुरू गरेका थिए।
कार्यक्रममा जिल्ला परियोजना समन्वयक आरती कुमारीले बाल विवाहलाई सामाजिक कुप्रथा मात्र नभई कानुनी रूपमा दण्डनीय अपराध भएको बताइन। उनले बाल विवाहले बालिकाको स्वास्थ्य, शिक्षा र भविष्यमा गम्भीर असर पार्ने भएकाले यसलाई अन्त्य गर्न सबैको सहभागीता आवश्यक रहेको उल्लेख गरिन।

अभियान तीन चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरणमा विद्यालय तथा शैक्षिक संस्थाहरूमा जागरूकता कार्यक्रम गरिएको थियो भने दोस्रो चरणमा धर्मगुरूहरूलाई विवाह अघि उमेर जाँच गर्न र बाल विवाह नगर्न आग्रह गरिएको थियो। साथै विवाहमा सेवा दिने क्याटरर, सजावट व्यवसायी, बैंक्वेट हल सञ्चालक, ब्यान्ड तथा घोडी सेवा प्रदायकहरूलाई पनि बाल विवाहमा सहयोग नगर्न अनुरोध गरिएको थियो।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content