पर्सा क्षेत्र नम्बर–३ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि नेकपा एमालेले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै धन्यवाद ज्ञापन कार्यक्रम सम्प...
पर्सा क्षेत्र नम्बर–३ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि नेकपा एमालेले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न गरेको छ। एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका युवा उम्मेदवार रुपेश कुमार पाण्डेले निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पुगेर मतदाता, शुभेच्छुक तथा पार्टी कार्यकर्तासँग भेटघाट गर्दै आभार व्यक्त गरेका हुन।
फागुन २१ गते सम्पन्न निर्वाचनको परिणामपछि पाण्डेले लोकतान्त्रिक प्रक्रियामा जनताको निर्णयलाई सम्मान गर्दै मतदातासँग प्रत्यक्ष संवाद गर्ने अभियान पुनः सुरु गरेका हुन। सो क्रममा उनले निर्वाचनमा साथ, सहयोग र समर्थन गर्ने सम्पूर्ण मतदाता, पार्टी कार्यकर्ता तथा शुभेच्छुकप्रति कृतज्ञता व्यक्त गरे।
पाण्डेले निर्वाचन हार–जितको प्रतिस्पर्धात्मक प्रक्रिया भएको उल्लेख गर्दै समाजसेवाको यात्रामा विश्राम नहुने बताएका छन। "निर्वाचन एउटा लोकतान्त्रिक प्रक्रिया हो, यसमा हार र जित स्वाभाविक हुन्छ। तर समाज परिवर्तन र जनताको सेवा गर्ने उद्देश्य लिएर अघि बढेका व्यक्तिले कहिल्यै विश्राम लिदैन," उनले भने।
उनले निर्वाचन परिणामलाई सकारात्मक रूपमा ग्रहण गर्दै जनताको बीचमै रहेर विकास, सुशासन र सामाजिक परिवर्तनका मुद्दामा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे। साथै उनले निर्वाचनका क्रममा देखिएको जनसमर्थनले आफूलाई अझ जिम्मेवार र उत्साहित बनाएको बताए।
एमालेका स्थानीय नेता तथा कार्यकर्ताहरूका अनुसार निर्वाचन परिणाम जे भए पनि पर्सा–३ मा पार्टीको संगठनात्मक आधार मजबुत रहेको र युवा नेतृत्वप्रति जनताको आकर्षण बढ्दो अवस्थामा रहेको छ। उहाँहरूले रुपेश पाण्डेले निर्वाचनपछि पनि मतदातासँग प्रत्यक्ष संवाद सुरु गर्नुले पार्टी संगठनलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेका छन।
मतदाता भेटघाट तथा धन्यवाद ज्ञापन कार्यक्रमलाई एमालेले जनतासँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने अभियानका रूपमा लिएको जनाएको छ। पाण्डेले आगामी दिनमा पनि जनताका समस्या, सुझाव र अपेक्षालाई नजिकबाट सुन्दै संगठन सुदृढीकरण तथा जनसेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन।
निर्वाचनमा पराजित भए पनि युवा नेता रुपेश कुमार पाण्डेले मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिनु पर्सा - ३ मा उदीयमान युवा नेतृत्वको संकेतका रूपमा हेरिएको छ। यसले आगामी राजनीतिक यात्रामा उनलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
सो अवसरमा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, निर्वाचन क्षेत्र नम्बर-३ का निर्वाचित परिचालन कमिटी संयोजक प्रमोद जयसवाल लगायत स्थानीय नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

COMMENTS