पर्सा क्षेत्र नम्बर 4 का निर्वाचित सांसद माननीय टेकबहादुर साक्यले इदुल फित्रको दिन आफ्ना क्षेत्रवासीहरूमा शुभकामना आदान–प्रदान गर्दै घरदैलोमा भ्रमण गरेका छन्।
शुभकामना आदान–प्रदान कार्यक्रमअन्तर्गत सांसद साक्याले आफू निकट मुस्लिम समुदायका निर्वाचन प्रतिद्वन्द्वी जालिमियाँ मन्सूरीको घरमा पनि पुगेर शुभकामना दिएका छन्। कार्यक्रममा साक्यासँग उहाँ निकटका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सांसद साक्याले इदको अवसरमा घर–घर पुगेर शुभकामना दिँदै क्षेत्रको विकास र देशको समृद्धिका लागि आफू निरन्तर लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। साक्याले जगन्नाथपुर गाउँपालिकाअन्तर्गत रहेका मेयर पदका प्रत्यासी प्रसुराम साकानूसँगै जगन्नाथपुर गाउँपालिकाको भ्रमण गरेका हुन्।
भ्रमणको क्रममा सोही गाउँमा विगत चुनाव जितेका जालिमियाँ मन्सुरी गाउँपालिका अध्यक्ष जालिमियाँ मन्सुरी र हाल प्रतिनिधि सभा चुनावमा लडेका मन्सुरीको घर पुगेर शुभकामना आदानप्रदान गरेका हुन्।







COMMENTS