$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

पूर्व मुख्यमन्त्री गद्दीको वडामा जसपा नेपाललाई जम्मा ३९ मत, पर्सा–१ का उम्मेदवार यादवको जमानत जफत

  वीरगंज, २६ फागुन — पूर्व मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीको वडामै जनता समाजवादी पार्टी (जसपा) नेपालले जम्मा ३९ मत मात्र प्राप्त गरेको छ...

 




वीरगंज, २६ फागुन — पूर्व मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीको वडामै जनता समाजवादी पार्टी (जसपा) नेपालले जम्मा ३९ मत मात्र प्राप्त गरेको छ। प्रतिनिधि सभा निर्वाचन २०८२ मा पर्सा क्षेत्र नं. १ र २ सहित सबै निर्वाचन क्षेत्र जित्ने दाबी गर्दै आएका गद्दी बस्ने वीरगंज महानगरपालिका वडा नं. १३ तेजारथ टोल मुर्लीमा जसपा नेपालको चुनाव चिन्ह ‘छाता’ले जम्मा ३९ मत मात्रै प्राप्त गरेको हो।


आफूलाई पार्टीका वरिष्ठ नेता बताउँदै आएका लालबाबु राउतको यस्तो नतिजा देखेर पार्टीभित्रैका नेताहरू पनि आश्चर्यचकित भएका छन्। गद्दीसँगै पर्सा निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवार बनेका जसपा नेपाल पर्सा जिल्ला अध्यक्ष रामनरेश यादवको जमानत जफत भएपछि दुबै नेताको जनाधार कति रहेको भन्ने विषय थप स्पष्ट भएको चर्चा भइरहेको छ।


यता, जसपा नेपाल पर्साका अध्यक्षसमेत रहेका उम्मेदवार यादव बस्ने वीरगंज महानगरपालिका वडा नं. २८ मा पनि ‘छाता’लाई जम्मा २५ मत मात्रै प्राप्त भएको बताइएको छ।


पार्टीभित्रका केही नेताहरूका अनुसार मधेश प्रदेशका विवादित पूर्व मुख्यमन्त्री गद्दीमाथि लागेको भ्रष्टाचार आरोप र जिल्ला अध्यक्ष यादवको नेतृत्वका कारण पर्सामा जसपा नेपालको संगठन कमजोर बनेको हो। एक समय पर्सामा पहिलो पार्टी बनेको जसपा नेपालको संगठन अहिले कमजोर अवस्थामा पुगेको उनीहरूको भनाइ छ।


देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रभाव बढिरहेका बेला आफूलाई मधेशको ‘मसीहा’ भन्दै आएका उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पनि कमजोर बन्दै गएको चर्चा राजनीतिक वृत्तमा भइरहेको छ।


पर्सालाई जसपा नेपालको बलियो गढ मानिँदै आए पनि अध्यक्ष यादव र पूर्वमुख्यमन्त्री गद्दीको नेतृत्वका कारण पार्टी संगठन कमजोर भएको आरोप पार्टीभित्रै उठिरहेको बताइएको छ।


यस निर्वाचनले गद्दी र यादवको वास्तविक जनाधार कस्तो रहेको छ भन्ने कुरा स्पष्ट पारेको भन्दै पर्साको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ। उनीहरूकै कारण पर्सामा पार्टी कमजोर भएको भन्दै पार्टीभित्र आरोप–प्रत्यारोप पनि बढेको छ।


यद्यपि, निर्वाचनमा हार–जित स्वाभाविक हुने भन्दै उम्मेदवार यादवले आफ्ना समर्थक र कार्यकर्तालाई ढाडस दिँदै आएका छन्।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content