$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

सीमा सुरक्षासम्बन्धी औपचारिक भेटघाट तथा छलफल

  जगरनाथपुर, साउन ३१ गते  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जगरनाथपुर गाउँपालिका सभापति पशुराम साह कानुको नेतृत्वमा अगुवा युवा, समाजसेव...

 



जगरनाथपुर, साउन ३१ गते 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जगरनाथपुर गाउँपालिका सभापति पशुराम साह कानुको नेतृत्वमा अगुवा युवा, समाजसेवी तथा स्थानीय नेताहरूले पर्सा बीओपी भिखमपुरका डीएसपी इन्चार्जसँग औपचारिक भेटघाट तथा सीमा सुरक्षासम्बन्धी महत्वपूर्ण छलफल गरेका छन्।

आज २०८३ साल साउन ३१ गते भएको भेटघाटका क्रममा सीमावर्ती क्षेत्रका नागरिकले दैनिक आवतजावतका क्रममा भोग्दै आएका कठिनाइ, सीमा क्षेत्रमा देखिएका समस्या तथा सर्वसाधारणको सहज आवागमनका विषयमा विस्तृत छलफल गरिएको थियो।

टोलीले सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीय नागरिकलाई आवतजावतका क्रममा अनावश्यक कठिनाइ नहुने गरी सुरक्षा व्यवस्था र नागरिकमैत्री व्यवहारलाई प्रभावकारी बनाउन सम्बन्धित सुरक्षा निकायसँग आग्रह गरेको थियो।

छलफलका क्रममा सीमा क्षेत्रमा हुने गैरकानुनी गतिविधि नियन्त्रणसँगै इमानदार तथा सर्वसाधारण नागरिकको सहज आवतजावत सुनिश्चित गर्न आवश्यक समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिइएको थियो।

रास्वपा जगरनाथपुर गाउँपालिका सभापति पशुराम साह कानुले सीमा सुरक्षा महत्वपूर्ण विषय भए पनि सीमावर्ती नागरिकका दैनिक समस्या र जायज गुनासोलाई पनि संवेदनशील रूपमा सम्बोधन गर्नुपर्ने बताए। उनले स्थानीय नागरिक, सुरक्षा निकाय तथा सरोकारवाला पक्षबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

भेटघाट तथा छलफलमा कृष्णमोहन प्रसाद यादव, मनोज महतो केवट र लहायत लगायतका अगुवा युवा, समाजसेवी तथा स्थानीय व्यक्तिहरूको सहभागिता रहेको थियो।

छलफल सकारात्मक र उपलब्धिमूलक रहेको सहभागीहरूले बताएका छन्।

COMMENTS


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content