![]() |
| फाइल फोटो |
शैलेश गुप्ता १७ साउन, पोखरिया ।
साउन महिनाको पहिलो सोमबारका अवसरमा पोखरेश्वर महादेव मन्दिरमा रुद्राभिषेक पूजासहित विभिन्न धार्मिक कार्यक्रम आयोजना हुने भएको छ।
साउनको पहिलो सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने धार्मिक परम्पराअनुसार मन्दिरमा विशेष पूजाअर्चना, रुद्राभिषेक तथा अन्य धार्मिक कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रममा स्थानीय श्रद्धालु भक्तजनसहित विभिन्न स्थानबाट आउने दर्शनार्थीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
![]() |
| फाइल फोटो |
आयोजकका अनुसार कार्यक्रममा सहभागी भक्तजनले भगवान् शिवको दर्शन तथा पूजा–आराधना गर्न सक्नेछन्। साउन महिनामा भगवान् शिवको पूजा–आराधना तथा रुद्राभिषेक गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ।
![]() |
| फाइल फोटो |
मन्दिर व्यवस्थापन पक्षले कार्यक्रममा सहभागी हुने सम्पूर्ण श्रद्धालु भक्तजनलाई उपस्थित भई पूजा–आराधनामा सहभागी हुन आग्रह गरेको छ।






COMMENTS