Menu

पोखरिया–४ मा दुई कार्यकाल बित्दा पनि स्वास्थ्य चौकी र वडा कार्यालय निर्माण हुन सकेन, वडाध्यक्ष कानुको कार्यकालमाथि स्थानीयको प्रश्न

शैलेश गुप्ता |
November 13, 2026
Featured
 

शैलेश साह, पोखरिया ।

पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष लक्ष्मण साह कानुले दुई कार्यकाल अर्थात् करिब १० वर्ष नेतृत्व सम्हालिसक्दा पनि वडाका नागरिकको आधारभूत आवश्यकतासँग प्रत्यक्ष जोडिएका स्वास्थ्य चौकी र वडा कार्यालय भवन निर्माण गर्न नसकेको भन्दै स्थानीयवासीले असन्तुष्टि व्यक्त गर्न थालेका छन्।

स्थानीयवासीका अनुसार पोखरिया बजार तथा पोखरिया गाउँ क्षेत्रमा नेपाल सरकारको स्वामित्वमा रहेको जग्गा उपलब्ध हुँदाहुँदै पनि स्वास्थ्य चौकी निर्माणको काम अगाडि बढ्न नसक्नु दुःखद विषय बनेको छ। सामान्य स्वास्थ्य सेवा लिनसमेत नागरिकले अन्यत्र जानुपर्ने अवस्थालाई अन्त्य गर्न स्वास्थ्य चौकी आवश्यक रहेको स्थानीयको भनाइ छ।

त्यस्तै, आफ्नै वडा कार्यालय भवन नहुँदा वडावासीले पाउनुपर्ने सेवा प्रवाह तथा प्रशासनिक कामकाजमा समेत असहजता भइरहेको स्थानीयको गुनासो छ। स्वास्थ्य चौकी र वडा कार्यालय दुवै नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने आधारभूत संरचना भए पनि लामो समयसम्म निर्माण हुन नसक्नुले जनप्रतिनिधिको कार्यसम्पादनमाथि प्रश्न उठेको उनीहरूको भनाइ छ।

विगतका स्थानीय तह निर्वाचनमा वडाध्यक्ष कानुलाई स्थानीय जनताले दुई पटक विश्वास गरेर निर्वाचित गराएका थिए। तर दुई कार्यकाल बितिसक्दा पनि स्वास्थ्य चौकी र वडा कार्यालयजस्ता प्राथमिकताका पूर्वाधार निर्माण हुन नसकेको भन्दै स्थानीयले आफ्नो असन्तुष्टि सार्वजनिक गर्न थालेका छन्।

स्थानीयवासीले अब वडाको विकासका लागि गरिएका प्रतिबद्धता, दुई कार्यकालमा भएका काम र बाँकी रहेका योजनाबारे स्पष्ट जवाफ दिन वडाध्यक्षसँग माग गरेका छन्।

दुई कार्यकालको नेतृत्वपछि पनि स्वास्थ्य चौकी र वडा कार्यालय निर्माण हुन नसक्नुको कारण के हो? सरकारी स्वामित्वको जग्गा हुँदाहुँदै पनि स्वास्थ्य चौकी निर्माण प्रक्रिया किन अघि बढ्न सकेन? यी प्रश्नको जवाफ सम्बन्धित वडा कार्यालय र नगरपालिकाले दिनुपर्ने स्थानीयको माग छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments

मधेश $type=triple-post$count=3

देश $type=triple-post$count=9

AD

जीवनशैली $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3