Menu

पत्रकार राजन कुमार सिंहमाथि सांघातिक हमला गर्ने आरोपमा एक जना पक्राउ, अन्य पाँचको खोजी जारी

शैलेश गुप्ता |
November 23, 2026
Featured


शैलेश साह, ०७ मंसिर, पोखरिया 

पर्सा ,दैनिक जागरणका सम्पादक तथा पत्रकार राजन कुमार सिंहमाथि भएको सांघातिक हमलाको घटनामा पर्सा प्रहरीले सक्रियता देखाएको छ। ज्यानै लिने उद्देश्यले कुटपिट गरेको आरोप लागेका ६ जना प्रतिवादीमध्ये प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं. १५, भेडियाही निवासी अन्दाजी २३ वर्षीय गणेश भन्ने रवि कुमार सर्राफ रहेका छन्। घटनामा संलग्न रहेको आरोप लागेका बाँकी पाँच जना प्रतिवादीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

पत्रकार सिंहमाथि भएको आक्रमणको घटनाप्रति प्रेस चौतारी नेपाल, पर्सा शाखाले यसअघि नै गम्भीर ध्यानाकर्षण गराउँदै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेको थियो।

प्रेस चौतारी नेपाल, पर्सा शाखाले जारी गरेको प्रेस विज्ञप्तिमार्फत घटनाको घोर निन्दा तथा भर्त्सना गर्दै आक्रमणमा संलग्न सबैलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन, पीडित पत्रकारलाई न्याय दिलाउन र पत्रकारको सुरक्षाको प्रत्याभूति गराउन सम्बन्धित निकायसँग माग गरेको थियो।

पत्रकारमाथि हुने यस्ता आक्रमणले स्वतन्त्र प्रेस, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर प्रहार गर्ने प्रेस चौतारी नेपालको ठहर छ। समाचार संकलन तथा प्रकाशन गरेकै कारण पत्रकारमाथि आक्रमण, धम्की र दुर्व्यवहार हुनु प्रेस स्वतन्त्रताका लागि गम्भीर चुनौती भएको संगठनको धारणा छ।

एक जना आरोपित पक्राउ पर्नु सकारात्मक कदम भए पनि घटनामा संलग्न रहेको आरोप लागेका बाँकी पाँच जनालाई समेत यथाशीघ्र पक्राउ गरी निष्पक्ष अनुसन्धानमार्फत दोषी ठहर हुनेमाथि कानुनअनुसार कडा कारबाही गर्नुपर्ने माग पत्रकारिता क्षेत्रबाट उठिरहेको छ।

पत्रकारमाथि भएको सांघातिक हमलाको घटनालाई गम्भीरतापूर्वक लिँदै बाँकी आरोपितलाई समेत पक्राउ गरी पीडितलाई न्याय र पत्रकारिता क्षेत्रलाई सुरक्षित वातावरण प्रदान गर्न प्रहरी प्रशासनसँग अपेक्षा गरिएको छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments

मधेश $type=triple-post$count=3

देश $type=triple-post$count=9

AD

जीवनशैली $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3