Menu

उपकार सेवा नेपालद्वारा विद्यालयलाई पंखा र विपन्न परिवारलाई खाद्यान्न सहयोग

शैलेश गुप्ता |
November 23, 2026
Featured

 


शैलेश साह, ७ मंसिर, पोखरिया ।

पर्साको पोखरिया नगरपालिका–९ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, शिवर्वालाई उपकार सेवा नेपालले दुई थान पंखा सहयोग गरेको छ। साथै संस्थाले आर्थिक रूपमा विपन्न परिवारलाई खाद्यान्न सामग्रीसमेत वितरण गरेको छ।

कार्यक्रमका समन्वयकर्ता तथा लायन्स क्लब अफ पोखरियाका अध्यक्ष नेजामुद्दीन शमानीको पहलमा विद्यालयलाई दुई थान पंखा हस्तान्तरण गरिएको हो। विद्यार्थीहरूलाई सहज वातावरणमा पठनपाठन गर्न सहयोग पुर्‍याउने उद्देश्यले पंखा उपलब्ध गराइएको संस्थाले जनाएको छ।

सोमबार आयोजित हस्तान्तरण कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, समाजसेवी मनोज पण्डित, कृष्ण पटेल तथा फरिन्दर गुप्ताको उपस्थिति रहेको थियो। उनीहरूको उपस्थितिमा विद्यालयलाई पंखा तथा विपन्न परिवारलाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा बोल्दै समन्वयकर्ता नेजामुद्दीन शमानीले गर्मी मौसममा विद्यार्थीहरूले सहज, शान्त र अनुकूल वातावरणमा अध्ययन गर्न सकून् भन्ने उद्देश्यले विद्यालयलाई पंखा सहयोग गरिएको बताए। शिक्षा र सामाजिक सेवाका क्षेत्रमा सानो सहयोगले पनि सकारात्मक परिवर्तन ल्याउन सक्ने उनको भनाइ थियो।

“मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो” भन्ने भावनालाई आत्मसात् गर्दै उपकार सेवा नेपालले शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा विभिन्न सहयोगमूलक गतिविधि सञ्चालन गर्दै आएको छ।

संस्थाले आगामी दिनमा पनि समाजका विपन्न, असहाय तथा आवश्यकतामा रहेका वर्गलाई लक्षित गरी यस्ता सेवामूलक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।


यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments

मधेश $type=triple-post$count=3

देश $type=triple-post$count=9

AD

जीवनशैली $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3