Menu

पत्रकार राजन कुमार सिंहमाथि आक्रमण, दोषीलाई कारबाही गर्न प्रेस चौतारी नेपालको माग

शैलेश गुप्ता |
November 19, 2026
Featured

 


शैलेश गुप्ता 03 मङसिर 

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १५ भेडियाहीमा पत्रकार राजन कुमार सिंहमाथि आक्रमण तथा कुटपिट भएको घटनाप्रति प्रेस चौतारी नेपाल, पर्साले गम्भीर ध्यानाकर्षण जनाएको छ।


प्रेस चौतारी नेपाल, पर्साले जारी गरेको प्रेस विज्ञप्तिअनुसार  दैनिक जागरण पत्रिकाका सम्पादक तथा प्रेस चौतारी नेपाल पर्साका सदस्य सिंहमाथि २०८३ कात्तिक ३० गते राति करिब ९ः३० बजे भेडियाही गाउँदेखि हनुमान चोक नजिकै आक्रमण भएको हो।


विज्ञप्तिमा भुलन भन्ने पृतम कुमार शर्राफ, नरेश भन्ने चन्दन कुमार शर्राफ, गणेश भन्ने रवि कुमार शर्राफ र उमेश भन्ने राजन शर्राफ राकेश सर्राफलगायत व्यक्तिहरूले संयुक्त रूपमा सिंहमाथि आक्रमण गरी कुटपिट गरेको आरोप लगाइएको छ।


प्रेस चौतारी नेपाल, पर्साका अध्यक्ष निरञ्जन मिश्रद्वारा जारी विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ।


पत्रकारमाथि हुने आक्रमण तथा कुटपिटका घटनाले स्वतन्त्र पत्रकारिता र प्रेस स्वतन्त्रतामाथि चुनौती थप्ने भन्दै प्रेस चौतारीले पत्रकारको सुरक्षा सुनिश्चित गर्न तथा घटनामा संलग्न भनिएका व्यक्तिहरूलाई कानुनी दायरामाँ ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments

मधेश $type=triple-post$count=3

देश $type=triple-post$count=9

AD

जीवनशैली $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3