पर्सा क्षेत्र नं–४ का सांसद टेकबहादुर शाक्यज्यूको प्रमुख आतिथ्यतामा जानकिटोलामा आयोजित चुनावी समीक्षा तथा क्षेत्रीय समस्या र भावी विकास सम्बन्धी विस्तृत छलफल कार्यक्रम आज सम्पन्न भएको छ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै क्षेत्रका प्रमुख समस्या, चुनौती र समाधानका उपायहरूबारे आ–आफ्ना धारणा राखेका थिए।
सो अवसरमा सांसद शाक्यज्यूले जनताका आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै विकास निर्माणका कामलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर काम अघि बढाइने बताउनुभयो।
कार्यक्रममा उपस्थित वक्ताहरूले क्षेत्रको समग्र विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। उनीहरूले दीगो विकास र जनमुखी कार्यक्रम सञ्चालन गर्न स्थानीय तह, प्रदेश तथा संघीय सरकारबीच समन्वय हुनुपर्ने धारणा राखेका थिए।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले उठाएका सुझाव तथा निष्कर्षलाई आगामी योजना तथा कार्यक्रमहरूमा समेट्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।




COMMENTS