वीरगंज, २८ फागुन । पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका नेकपा (एमाले) का नेता रूपेश कुमार पाण्डे...
वीरगंज, २८ फागुन । पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका नेकपा (एमाले) का नेता रूपेश कुमार पाण्डेले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गर्नुभएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ र निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम उहाँले जिल्ला निर्वाचन कार्यालयमा खर्चको पूर्ण विवरण पेस गर्नुभएको हो ।
पेस गरिएको विवरण अनुसार पाण्डेले निर्वाचन अवधिभर जम्मा रू. एघार लाख पचहत्तर हजार दुर्ई सय एकहत्तर रुपियाँ) खर्च गर्नुभएको देखिएको छ ।
विवरणमा उल्लेख भए अनुसार निर्वाचनका क्रममा भएका खर्चहरूलाई ९ वटा विभिन्न शीर्षकमा वर्गीकरण गरिएको छ ।
निर्वाचनमा सबैभन्दा बढी खर्च प्रचार प्रसारमा भएको देखिन्छ । यस शीर्षकमा उहाँले रू. ४,९५,२७३ खर्च गर्नुभएको छ । सवारी साधन र अन्य प्रयोजनका लागि इन्धनमा रू. २,००,०००.०८ खर्च भएको छ । १९ दिनका लागि २ वटा सवारी साधन प्रयोग गरिएको र त्यसको भाडा बापत रू. १,९०,००० खर्च देखाइएको छ ।
पालिका स्तरीय बैठक र खाजा खर्चमा रू. १,३१,६५० खर्च भएको छ । यस्तै, सामान्य नास्ता र चियामा छुट्टै रू. ५७,००० खर्च भएको विवरणमा उल्लेख छ ।
कार्यालय सञ्चालनः सात स्थानमा निर्वाचन परिचालन सम्पर्क कार्यालय स्थापना गरी सञ्चालन गर्दा रू. ६७,३४८ खर्च भएको छ ।
निर्वाचनका लागि मनोनयन दर्ता शुल्क रू. १०,०००, खानेपानीका लागि रू. १५,००० र मतदाता नामावली (भोटर लिस्ट) फोटोकपीका लागि रू. ९,००० खर्च भएको उम्मेदवारले जानकारी दिनुभएको छ ।
उक्त खर्च विवरणमा उम्मेदवारका निर्वाचन प्रतिनिधि विन्ध्याचल ठाकुरले २०७९ साल फागुन २७ गते हस्ताक्षर गरी जिल्ला निर्वाचन कार्यालय, पर्सामा दर्ता गराउनुभएको देखिन्छ । निर्वाचन आयोगको नियम अनुसार उम्मेदवारले निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र यस्तो खर्च विवरण बुझाउनुपर्ने प्रावधान रहेको छ ।

COMMENTS