$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

युवाको भरोसा र परिवर्तनको एजेन्डासहित शुशील साह कानुको घरदैलो

  पर्सा १६ माघ  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा जिल्ला निर्वाचन क्षेत्र नं.–२ का उम्मेदवार शुशील साह कानु ले पर्सागढी नगरपालिक...

 

पर्सा १६ माघ

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा जिल्ला निर्वाचन क्षेत्र नं.–२ का उम्मेदवार शुशील साह कानु ले पर्सागढी नगरपालिका वडा नं.–१ स्थित कोईलाभार टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलो कार्यक्रममा स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उम्मेदवार कानुले मुलुकमा व्याप्त भ्रष्टाचार, बेरोजगारी, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार तथा युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने विषयलाई प्राथमिक एजेन्डाका रूपमा अघि सारेका थिए। उनले पुरानो राजनीतिक अभ्यासले जनताको अपेक्षा पूरा गर्न नसकेको उल्लेख गर्दै नयाँ सोच, पारदर्शी शासन र जवाफदेही नेतृत्व आजको आवश्यकता भएको बताए।

कार्यक्रममा सहभागी युवाहरूले रोजगारीको अभाव, वैदेशिक पलायन, गुणस्तरीय शिक्षा र उद्यमशीलतासम्बन्धी आफ्ना चासो तथा समस्या राखेका थिए। त्यसक्रममा उम्मेदवार कानुले युवाहरू नै परिवर्तनका मुख्य संवाहक भएको उल्लेख गर्दै नीति निर्माणदेखि कार्यान्वयनसम्म युवाको सक्रिय सहभागिता सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरे।

उक्त कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सागढी नगरस्तरीय नेताकार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी नेताहरूले पर्सा क्षेत्र नं.–२ मा रास्वपाप्रति जनसमर्थन बढ्दै गएको दाबी गर्दै आगामी निर्वाचनमा नयाँ राजनीतिक शक्तिलाई अवसर दिनुपर्ने धारणा व्यक्त गरे।

घरदैलो कार्यक्रममार्फत मतदाता–नेताबीचको दूरी घट्दै गएको र स्थानीयस्तरमै राजनीतिक बहस तथा सहभागिता बढेको सहभागीहरूको भनाइ छ। रास्वपाले पर्सा क्षेत्रमा युवामैत्री, विकासमुखी र सुशासन केन्द्रित अभियानलाई अझ सशक्त बनाउँदै लग्ने जनाएको छ

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content