$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

जिराभवानी–१ गम्हरीयामा १०० जना वृद्धवृद्धा तथा असहायलाई न्यानो कम्बल वितरण

  अभिलाष गुप्ता २९ पौष वीरगञ्ज  पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा नं. १ गम्हरीयामा बसोबास गर्ने वृद्ध–वृद्धा, अपाङ्ग, साधु–सन्त, एकल म...

 

अभिलाष गुप्ता २९ पौष वीरगञ्ज 

पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा नं. १ गम्हरीयामा बसोबास गर्ने वृद्ध–वृद्धा, अपाङ्ग, साधु–सन्त, एकल महिला तथा सीमान्तकृत समुदायका असहाय व्यक्तिहरूलाई न्यानो कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ। चिसो मौसमको प्रभावबाट कमजोर वर्गलाई जोगाउने उद्देश्यले सामाजिक अभियन्ता रामाकान्त अग्रवालको पूर्ण आर्थिक सहयोग तथा उपकार सेवा नेपालको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा १०० जना वृद्धवृद्धा तथा असहाय व्यक्तिहरूलाई न्यानो कम्बल उपलब्ध गराइएको छ।


उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगीले चिसो जाडोका कारण कमजोर वर्गको स्वास्थ्य र सुरक्षामा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै यो सहयोग प्रदान गरिएको बताउनुभयो। उहाँले समाजका विपन्न वर्गलाई न्यानोपन दिनु संस्थाको कर्तव्य भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता मानवीय सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।


न्यानो कम्बल हस्तान्तरण कार्यक्रम जिराभवानी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष रामशरण खवास, संस्थाकी संरक्षक पद्मा देवी सरावगी, सदस्यहरू सुमन बगेडिया, रामाकान्त अग्रवालका प्रतिनिधिद्वय रेनु सर्राफ र नेहा सर्राफ, सामाजिक अभियन्ता प्रकाश थारू, सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा चौकी (बोर्डर आउट पोस्ट) महादेवपट्टीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र खड्का तथा प्रहरी चौकी महादेवपट्टीका प्रमुख प्रहरी सहायक निरीक्षक अवधलाल साहको संयुक्त उपस्थितिमा सम्पन्न भएको थियो।


कार्यक्रममा स्थानीय भद्रभलादमी तथा सर्वसाधारणको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।वडा अध्यक्ष रामशरण खवासले यसअघि पनि उपकार सेवा नेपालले जिराभवानी गाउँपालिका वडा नं. १ मा आगलागीपीडित, विपन्न परिवार तथा मठ–मन्दिरहरूमा निरन्तर सहयोग गर्दै आएको जानकारी दिनुभयो। उहाँका अनुसार संस्थाले यसअघि अपाङ्गता भएका चार परिवारलाई ह्वीलचेयर समेत प्रदान गरिसकेको छ।


चिसो बढ्दै गएको यस समयमा प्राप्त न्यानो कम्बलले अप्ठ्यारो अवस्थामा रहेका व्यक्तिहरूलाई उल्लेखनीय राहत पुग्ने विश्वास गरिएको छ। सामाजिक अभियन्ता प्रकाश थारूले यस्ता मानवीय कार्यले समाजमा सकारात्मक परिवर्तन ल्याउने उल्लेख गर्दै सबैलाई सहयोगी हात अघि बढाउन आग्रह गर्नुभयो।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content