शैलेश गुप्ता २० मंसिर वीरगञ्ज
मध्य तराईको पहिलो एफएम, रेडियो बीरगञ्ज ९९ मेगाहर्जको आयोनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भउको छ । २३ औँ वार्षिकोत्सवको अवसरमा शनिवार रेडियो परिसरमा आयोजित कार्यक्रममा २७ जना महिलासहित २०८ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए । समाजसेवी राजेन्द्र भट्टराईले ५० औँ पटक रक्तदान गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो । हरेक वर्ष जस्तै यस वर्ष पनि वार्षिकोत्वको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको रेडियोका कार्यकारी अध्यक्ष साहले बताए । उनकाअनुसार रेडियोले मानवताको प्रबद्र्धनसँगै सामाजिक उत्तरदायित्वको धर्म निर्वाह गर्दै रक्तदान कार्यक्रम गर्दै आएको छ । रक्तदाताको संख्या भन्दा पनि मानवीयताको धर्मलाई आत्मसाथ गर्नुपर्नेमा उनले जोड दिए । अधिकांश युवा बिदेश पलायन भएको परिवेशमा पनि उत्साहजनक ढंगले रक्तदान कार्यक्रम सम्पन्न भएकोमा उनले सबै रक्तदाता र सहयोगी संघसंस्थाप्रति आभार प्रकट गरे ।
कार्यक्रममा समीर भट्टराई, कुन्दन साह तेली, विकेश कुमार पाल, संजोग श्रेष्ठ, चेतना कुमारी अधिकारी, सीता थापा, सुजिता उप्रेती, सागर यादव, शम्भु कुमार सुमन, सुमित्रा कुमारी घलान, दिलिप देवकोटा, देवशंकर प्रसाद पटेल, माधुरी महतो, सेहनाज खातुन, मनिषा सिंह ठकुरी, मोनिका नेपाली, आशा बि।क।, सूर्यनारायण वि।क।, सुशिल पटेल, ओमप्रकाश खनाल, गणेश पटेल, उपेन्द्र खतिवडा, चन्दन श्रीवास्तव, प्राशना रसाइली, प्रतिक्षा बिष्ट, रश्मि रामदाली, माधुरी साह, आकृति साही, रानी देवी सुवास्तर, अलीशा चौधरी, सिम्रन कार्की, रेश्मा विक लगायतले रक्तदान गरेका हुन् ।
बाराबाट युवा नेता लुकेश सिंहको नेतृत्वमा सयौँ मोटरसाइकलमा सवार भई युवाहरुको टोली रक्तदानका लागि रेडियो परिसरमा आइपुगेको थियो । सो टोलीलाई रेडियो परिसरमा कार्यकारी अध्यक्ष ध्रुब साह लगायत रेडियोका पदाधिकारीहरुले स्वागत गरेका थिए । राजनीतिसँगै प्रत्येक वर्ष सामाजिक उत्तरदायित्वको कार्य बहन गर्दै रेडियो वीरगञ्जको कार्यक्रममा आफुसहित युवाहरुलाई समेत सहभागी गराउन पाउँदा सिंहले खुशी व्यक्त गरे । यसैगरी राष्ट्रिय रेडियो श्रोता संघका अहमद हुसैनको नेतृत्वमा श्रोताहरुको टोली ब्यानरसहित रेडियो परिसरमा पुगेको थियो ।
बृहत रक्तदान कार्यक्रममा पूर्व मन्त्री अजय चौरसिया, पूर्व राज्यमन्त्री कलावती देवी पासवान, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहाल, वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दूत देवी सहाय मीना, मनिष दास, अजय झा, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठक, श्रीजंग गणका गणपती लोकेन्द्र कार्की, राजनीतिकर्मीहरु शम्भु गुप्ता, नेजामोद्धिन समानी, दिना गुप्ता, ओमप्रकाश सर्राफ, कञ्चन झा, श्याम पोख्रेल, बहुदरमाई नगरपालिकाका प्रमुख सिंहासन साह तेली, पूर्व प्रमुख नितेन्द्र साह, सखुवाप्रसौनी गाउँपालिकाका पूर्व प्रमुख प्रदीप जैयसवाल, सामाजिक अभियानता प्रकाश थारु, देवेश गुप्ता, कमल चौगाई, दिलिपराज कार्की, जयप्रकाश खेतान, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, सञ्चारीका समूह मधेश प्रदेशकी सचिव कविता खड्का, उद्योगी व्यवसायी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
कार्यक्रममा वीरगञ्ज नर्सिङ्ग क्याम्पस, साउथसिटी हिमाल हस्पिटल, वीरगञ्ज हेल्थ केयर लगायतले प्राविधिक सहयोग गरेका थिए





COMMENTS