३ पुष पोखरिया । पत्रकार शैलेश साह कानुमाथि दुव्यर्वहार गर्ने कर्मचारीलाई सिसिटिभी फुटेज लिएर उपस्थित हुन प्रजिअको ठाडो आदेशमा उपस्थित भएका जिराभवानी गाउपालीकाका कर्मचारी र पत्रकारहरुको समुह विच बुधवार पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको रोहबरमा सहमति भएको हो ।
जिराभवानी गाउँपालकाका तर्फबाट प्रमुख प्रशाकिय अधिकृत राज कुशवाहा, प्रशासन शाखा प्रमुख जितेन्द्र मिश्रालगायतका कर्मचारीहरुको सहभागिता थियो । भने पत्रकारहरुका तर्फबाट नेपाल पत्रकार महासघंका पर्साका सहसचिव एसके चौरसिया, प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्रा, प्रेस चौतारी नेपालको केन्द्रिय सदस्य तथा पर्सा ईन्चार्ज तुल्सी भण्डारी, विजय , प्रेस सेन्टर नेपालका मधेश प्रदेश अध्यक्ष निरज पिठाकोटे मगर, वष्टि पत्रकार किरण सत्याल, लक्ष्मी खरेल , दिपेन्द्र बिसी, कन्हैया गुप्ता, रामजी यादव, मृत्युन्जय साह, अभिलाष गुप्ता, कृष्णा श्रीवास्तव, विजय साह, सन्तोष पटेल, पनालाल साह लगायतका सँचारकर्मीहरुको सहभागी थियो । छलफलमा कर्मचारी पक्षधरले आफ्नो कमजोरी र भुल स्विकारे पछि सहमतिको वातावरण बने पश्रचात कर्मचारीहरुले जनताको काम समयमा गर्ने, मोवाईल फोन उठाउने, कार्यलयको समयमा सबै साखाका कर्मचारीहरु उपस्थित हुने लगायतका प्रवितबद्दता जिराभवानी गाउँपालिकाका कर्मचारीहरूले जाहेर गरे पछी सहमतीभएको थियो । तत पश्रात तयाहाँ गाउपालीकामा रहेका प्रमख प्रसासकीय अधिकृत राज कुशवाहाको कालिकामाई गाउपालीकामा सश्रवा भएको छ भने प्रमुख प्रसासकिय अधिृत अमित गिरीको जिराभवानी गाउपालीकामा सरुवा भएको छ ।
गत मँसिर २४ गते पर्साको जिराभवानी गाउपालीकामा भईरहेको अनियमितता , भ्रष्टाचार र कर्मचारीका अनउपस्थितीको समबन्धमा स्थानिय द्धारा खबर प्राप्त भएको सिलसिलामा फेमस नेपाल सन्देश पत्रिकाको प्रकाशक प्रबन्धक निर्देशक तथा प्रेस चौतारी नेपाल जिल्ला कार्यसमिती पर्साका सदस्य पत्रकार शैलेश साह कानुले समाचार सँकलनकालागी बुधबार करिब १२ –३० बजे जिराभवानी गाउपालिकाको कार्यालयमा पुगेका थिए ।
पत्रकार कानुले जिराभवानी गाउपालीकाको कार्यालय पुगदा कार्यालय समयमा प्रमुख प्रसासकिय अधिकृत, गाउपालीका अध्यक्ष, उपा अध्यक्ष ,लगाएत जनप्रतिनिधी तथा कर्मचारीहरु नदेखिदिए पछी खाली कुसीको फोटो खिचने क्रमा सो कार्यालयमा कार्यरत रहेका कार्यालयका कर्मचारी प्रसासन साखा प्रमुख रँजीत मिश्राको आदेशमा गार्ड ईद्रजित हजराले मोवाईल फोन खोसेर खिचिएका फोटो पनी डिलिट गरेका थिए ।
बुधवार समाचार सङ्कलनको क्रममा जीराभवानी गाउँपालिका पुगेका पत्रकार शैलेश साह कानुमाथि त्यहाँका कर्मचारीले दुव्यर्वहार गरेको विरोधमा प्रेस चौतारी नेपाल पर्साले शुक्रबार विज्ञप्ति मार्फत समबन्धीत निकायको ध्यान आक्रषण सहित तत्काल छानविन गरी दोसी उपर कडा कार्वाही नभए आन्दोन गर्ने विज्ञप्ति मार्फत चेतावनी दिएको थियो ।
यसैबीच नेपाल पत्रकार महासंघ, पर्सा शाखाले पनि प्रेस विज्ञप्ति जारी गरी पर्सा जिल्लाबाट प्रकाशित हुँदै आएको फेमस नेपाल सन्देश साप्ताहिक पत्रिकाका प्रकाशक शैलेश साह कानूलाई समाचार संकलनको क्रममा पर्साको जीराभवानी गापाका कर्मचारीहरुले दुव्र्यवहार गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको थियो ।
पत्रकार महासंघ पर्साका सचिव विजयकुमार महतोले जारी गरेको विज्ञप्ति अनुसार समाचार संकलनको क्रममा सञ्चारकर्मीमाथि भएको अभद व्यवहारको भत्र्सना गर्दै सो घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि अविलम्ब कारबाहीको माग गरेका थिए । साथै नागरिकको सुसूचित हुने अधिकारको रक्षाकालागि सञ्चारकर्मी र सिगो सञ्चार क्षेत्रको सुरक्षामा संवेदनशील बन्न सरोकारवाला पक्षको ध्यानाकर्षण पनि विज्ञप्तिमार्फत गराइएको थियो ।
जीराभवानी गाउँपालिकामा कार्यालय समयमा कर्मचारीहरु अनुपस्थित भएको र सोको फोटो खिच्ने क्रममा पत्रकार कानुमाथि कर्मचारी मिश्र र हजरा लगायतले दुव्र्यवहार गरेका थिए ।फेमस नेपाल सन्देश साप्ताहिकका प्रकाशक एवं प्रेस चौतारी नेपाल पर्साका सदस्य शैलेश साह कानुमाथि जीराभवानी गाउँपालिकाका कर्मचारी जितेन्द्र मिश्र, इन्द्रजीत हजरालगायतले अपशब्द प्रयोग गरी मोबाइल फोन खोसेर फोटोहरु डिलिट गरेका थिए । सोही विषयमा जिल्ला प्रशासन कार्यालय, पर्सा पुगेका प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरन्जन मिश्रको टोलीले पत्रकार कानुमाथि दुव्र्यवहार गर्ने कर्मचारीमाथि अविलम्ब कारबाही गर्न र घटनाको छानबिन गर्न माग गरेपछि प्रजिअ भोला दाहालले जीराभवानी गापाका प्रमुख प्रसासकिय अधिकृत राज कुशवाहा सहित कर्मचारीहरु रँजीत मिश्र र ईन्द्रजित हजरालाई बुधवार बिहान ११ बजे सिसिटिभी फुटेजसहित जिप्रका, पर्सामा हाजीर हुन ठाडो मौखिक आदेश दिएका थिए ।





COMMENTS