वीरगंज, ८ पुस । नारायणी अस्पताल वीरगंजको एनआइसियू वार्डमा मंगलवार आगलागी भएको छ । ऐश्वर्य प्रसूती गृह भवनमा रहेको एनआईसीयु वार्डमा आगलागी ह...
वीरगंज, ८ पुस । नारायणी अस्पताल वीरगंजको एनआइसियू वार्डमा मंगलवार आगलागी भएको छ ।
ऐश्वर्य प्रसूती गृह भवनमा रहेको एनआईसीयु वार्डमा आगलागी हुनुको कारण विद्युतीय तार सर्ट हुनसक्ने अनुमान गरिएको छ । आगलागीबाट एनआईसीयु वार्डमा जडान गरिएको एक थान एसी जलेर नष्ट भएको तथा अन्य कुनै पनि क्षति नभएको अस्पतालका चिकित्सक डा. दीपक चौरसियाले जानकारी गराएका छन् ।
मंगलवार साँझ ४ः३० बजेतिर एसीको तार सर्ट भएर आगो लाग्ने बित्तिक्कै अस्पतालका कर्मचारीहरूले पुगेर बिजुलीको लाइन काटिदिएकाले ठूलो दुर्घटनाबाट जोगिएको डा. चौरसियाले बताए । आगो लाग्ने बित्तिक्कै अस्पतालका कर्मचारीहरूले फायर ग्याँस सिलिण्डरको मदतले आगो निभाएको उनले जानकारी दिए ।
वीरगंज महानगरपालिकाको वारूण यन्त्र आइपुगे पनि एनआईसीयु वार्डमा लागेको आगो निभाइएको थियो ।

COMMENTS