शैलेश गुप्ता पोखरिया, १२ पुस । सशस्त्र प्रहरी वेस क्याम्प पोखरियाको टोलीले ९ किलो ७७० ग्राम गाँजासहित एकजना भारतीय र एकजना नेपाली नागरिकलाई ...
शैलेश गुप्ता
पोखरिया, १२ पुस । सशस्त्र प्रहरी वेस क्याम्प पोखरियाको टोलीले ९ किलो ७७० ग्राम गाँजासहित एकजना भारतीय र एकजना नेपाली नागरिकलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी वेस क्याम्प पोखरियाका डिएसपी शम्भु कटवालको नेतृत्वमा रहेको टोलीले उनीहरुलाई पटेर्वासुगौली गापा–५ मनिहर्वाबाट पक्राउ गरेको हो ।
बिआर २२ ०११७८ भारतीय नम्बरको मोटरसाइकलमा सवार रहेका भारत, बेतिया जिल्लाको बेहरा (झुम्का) बस्ने वर्ष ३७ को अशोक महतोको साथबाट ४ किलो ५५० ग्राम गाँजा र पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका वडा नं. ५ सबैठवा बस्ने ४३ वर्षीय रविन्द्र महतोको साथबाट ५ किलो २२० ग्राम गाँजा बरामद भएपछि नियन्त्रणमा लिई कानुनी प्रक्रिया अगाडि बढाइएको डिएसपी कटवालले जानकारी गराएका छन् ।





COMMENTS