अशोक यादव ५ कात्र्तिक रौतहट गौर नगरपालिका–५ का पूर्व वडाअध्यक्ष रामस्वार्थ राय यादवको आज बिहान करेन्ट लागेर दुःखद निधन भएको छ। प्राप्त विवर...
अशोक यादव ५ कात्र्तिक रौतहट गौर नगरपालिका–५ का पूर्व वडाअध्यक्ष रामस्वार्थ राय यादवको आज बिहान करेन्ट लागेर दुःखद निधन भएको छ। प्राप्त विवरण अनुसार, यादव आफ्नै करेसाबारीमा विद्युतीय मोटरमार्फत पानी सिँचाइ गर्ने क्रममा अचानक करेन्ट लागेको थियो। करेन्ट लागेपछि गम्भीर अवस्थामा रहेका उहाँलाई स्थानीयहरूले तत्काल उद्धार गरी प्रादेशिक अस्पताल गौर पुर्याएका थिए, तर चिकित्सकले बिहान करिब ४स्३० बजे मृत घोषित गरेका थिए।
स्वर्गीय यादव स्थानीय राजनीतिमा सक्रिय, समाजसेवी तथा सहयोगी स्वभावका व्यक्तित्वका रूपमा परिचित रहनुभएको थियो। उहाँको असामयिक निधनले गौर नगरवासी शोकाकुल भएका छन्। हाल उहाँको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमै राखिएको प्रहरीले जनाएको छ।





COMMENTS